पूर्वआयुक्त तिवारी र अधिकृत कार्कीलाई भ्रष्टाचार मुद्दामा सफाइ

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। गलत लिखत तयार गरी–गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ४ वैशाखमा उनीहरूविरुद्ध मुद्दा दायर गरेकोमा बुधबार विशेष अदालतले सफाइ दिएको हो । 

कार्कीको अवैध सम्पत्तिलाई वैधता दिन तिवारीले कागजपत्र किर्ते गरेर सहयोग गरेको अभियोग थियो। कार्कीको सम्पत्ति छानबिन सुरु भएपछि उनले आफूले बिहान–बेलुका पढाएर कमाएको भन्दै कागजपत्र पेस गरेका थिए। त्यसरी पढाउन स्वीकृति दिएको कागज डा. तिवारीले किर्ते गरेर बनाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। जसमा विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सफाइ दिएको हो। 

सुझावित समाचार