अख्तरको कम्पनीलाई इटालीमा हुने टी–१० फ्रेन्चाइज आयोजनाको अधिकार

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण
  • नेपालका पूर्वक्रिकेट आमिर अख्तरआबद्ध एपेक्सले इटालीका ६ सहरमा आयोजना हुने टी–१० लिगको सबै व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने

नेपालका पूर्वक्रिकेटर आमिर अख्तरको कम्पनी एपेक्स टी–१० ले इटालीमा हुने इटािलयन टी–१० फ्रेन्चाइज लिगको आयोजना अधिकार पाएको छ । इटालियन क्रिकेटको इतिहासमै पहिलोपटक सहरमा केन्द्रित टी–१० फ्रेन्चाइज क्रिकेट लिग हुनलागेको हो । इटालिया टी–१० मा एपेक्स टी–१० मुख्य लगानीकर्ता र प्रवर्द्धकको रूपमा रहेको जनाइएको छ । बेलायतमा एपेक्सको मुख्य कार्यालय रहेको छ । अख्तरले यसअघि नेपालमा एभरेस्ट प्रिमियर लिग (इपिएल) सञ्चालन गरेका थिए ।

अख्तर अध्यक्ष रहेको एपेक्स टी–१० को सिइओमा नाद साहिद रहेका छन् । एपेक्सले इटालीमा आयोजना हुने फ्रेन्चाइज लिगको मुख्य व्यवस्थापकीय र लगानीकर्ताको भूमिकामा रहनेछ । यस सम्बन्धमा इटाली क्रिकेट महासंघसँगको रणनीतिक सहकार्यमा ऐतिहासिक सम्झौता भएको छ । इटालिया टी–१० क्रिकेटको सबैभन्दा छिटो र रोमाञ्चक मानिने १० ओभरको फर्म्याटमा खेलिनेछ । यस लिगमा इटालीका ६ वटा प्रतिष्ठित सहरहरूका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी हुने सहर रोम, मिलान, फ्लोरेन्स, नेपल्स, भेनिस र बोलोग्ना रहेका छन् । प्रतियोतिगा आगामी ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस लिगका लागि ३० राष्ट्रका ब्रोडकास्ट कम्पनीहरूले इच्छुक देखाएको आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिति सार्वजनिक भएको छैन । एपेक्सका अनुसार मिति घोषणाको कार्य तीव्र पारिएको छ । यो लिगले इटालीको कला, संस्कृति र क्रिकेटको रोमाञ्चकलाई एकैठाउँमा जोड्ने विश्वास गरिएको छ ।

आइसिसीबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० लिगलाई मान्यता प्रदान दिएको छ । यससँगै यो प्रतियोगिता आइसिसीको आधिकारिक प्रतियोगिताका रूपमा रहनेछ । एक शताब्दीपछि ओलम्पिक खेलकुद प्रतियोगितामा क्रिकेट खेल समावेश भएको सन्दर्भमा इटालीले पनि आफ्ना क्रिकेटरलाई छोटो फर्म्याटमा अभ्यस्त बनाउन टी–२० आयोजना गर्न लागेको जनाइएको छ । ‘सन् २०२८ को लस एन्जलस ओलम्पिक खेलकुद प्रतियोगितामा टी–२० फर्म्याट ढाँचाअनुसार क्रिकेट खेल हुनेछ ।

ओलम्पिकमा क्रिकेट फर्कनु आफैँमा गौरव हो,’ इटालियन क्रिकेट महासंघले जनाएको छ, ‘टी–१० फर्म्याटमा खेलाडीहरू आक्रामक रूपमा खेल्नेछन् । जसले आगामी दिनमा इटालीको क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास छ ।’ इटालिया टी–१० फ्रेन्चाइज लिगलाई बेलायतको पनि सहयोग रहनेछ । दुई राष्ट्रबिचको सहकार्यमा इटालीमा एक नयाँ अध्याय थपिने जनाइएको छ । ‘इटालियन तथा बेलायतको क्रिकेटबिच सहकार्य भएको छ, यसले दुई देशबिचको सम्बन्ध सुधार हुनुका साथै क्रिकेट विकासमा समेत टेवा पुग्ने अपेक्षा छ,’ महासंघले भनेको छ, ‘हामीलाई आशा छ । यो लिगले इटालीको क्रिकेट संस्कृति विकास हुनेछ ।’

खेलाडीले फरक अनुभव पाउने
एपेक्सका सिइओ नदिम इटाली टी–१० का प्रमुख कार्यकारी अफिसरसमेत हुन् । उनकै परिकल्पनामा यो लिग सुरु हुनलागेको हो । नदिमसँग २० वर्ष पहिलो श्रेणी क्रिकेट खेलेको अनुभव छ । उनले करिअरमा इसेक्स तथा सुरेयध क्लबबाट प्रतिस्पर्धा गरेका थिए । करिअरमा एकपटक उनले इंग्ल्यान्डको ‘ए’ टोलीबाट खेल्ने अवसर पाए । इटालीको क्रिकेट विकासमा लामो समयदेखि काम गर्दै आइरहेका नदिमले टी–२० लिगमा आबद्ध हुने खेलाडीहरूले फरक अनुभव प्राप्त गर्ने बताए । ‘मलाई आशा छ यस लिगमा प्रतिस्पर्धा गर्न आउने खेलाडीहरूले अन्य फ्रेन्चाइज लिगको तुलनामा फरक अनुभूति गर्न पाउनेछन्,’ उनले भने । यसैगरी, अख्तरले आफ्नो करिअरमा अनुभव टी–१० बाँड्ने जनाए । ‘इटालीको क्रिकेट विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छु,’ अख्तरले भने । 

सुझावित समाचार