थाइल्यान्डबाट आएका आठ विदेशी ३९ केजी गाँजासहित पक्राउ

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

थाइल्यान्डबाट गाँजा लिएर आएका आठ विदेशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पाँच म्यान्मार र तीन भारतका नागरिकलाई पक्राउ गरेको हो। 

उनीहरू थाई र बटिक एयरमार्फत आएका उनीहरूलाई शंका लागि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थाई गाँजा बरामद भएको हो। सो गाँजा भारत तस्करी गर्न लागिएको आशंका गरिएको छ। 

थाइल्यान्डबाट गाँजा तस्करीमा बारम्बार भारतीय पक्राउ पर्दै आएका छन्। भारतीय गिरोहले म्यानमारका नागरिकलाई पनि प्रयोग गर्न थालेको खुलेको छ। 

सुझावित समाचार