गगन थापाले भने– असन्तुष्ट नेताहरूसँग निरन्तर संवादमा छु

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको असन्तुष्टि र असमझदारी समाधानका लागि आफू असन्तुष्ट नेताहरूसँग निरन्तर संवादमा रहेको बताएका छन्।

१५औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतलाई पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले असन्तुष्ट नेताहरूसँग सहमति कायम गर्न संवाद भइरहेको जानकारी दिएका हुन्।

‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ । उहाँहरूसँग सहमतिका लागि म निरन्तर संवादमा छु,’ थापाले भने।

पार्टीको आधिकारिकताको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आधिकारिकताको विषय अदालतमा समेत उठाएको छ।

यसबिच दुवै पक्षका नेताहरूले संवादमार्फत नै विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छन्। सभापति थापाको पछिल्लो भनाइले पनि पार्टीभित्रको असमझदारी समाधानका लागि सहमतिको प्रयास जारी रहेको देखाएको छ।

सुझावित समाचार