सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रुलिङ गरेपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठक प्रतिपक्षबाट अवरोध भएकाे छैन ।
प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले यसअघि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए। सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन रुलिङ गरेका थिए।
सभामुखको उक्त रुलिङपछि मंगलबारको प्रतिनिधिसभा बैठक प्रतिपक्षको अवरोधविनै सञ्चालन भएको हो। यससँगै केही समयदेखि प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर देखिएको विवादका कारण हुँदै आएको बैठक अवरोध पनि तत्कालका लागि हटेको छ।