कुमारी बैंकको मोबाइल बैंकिङ एपमा ‘आइआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आइआरडी इन्सेन्टिभ प्रोग्राम’ सुविधा उपलब्ध गराएको छ। 

आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्युआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आइआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत सजिलै हेर्न सक्नेछन्। यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्युआरमार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ।
 

सुझावित समाचार