सकियो नाइमा एक्स्पो

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

 भृकुटीमण्डपमा २६ साउनदेखि जारी नाइमा एक्स्पो २०२६ आइतबार सम्पन्न भएको छ । ६ दिनका लागि सुरु भएको मेलामा आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

यस अवधिमा कुल एक लाख ८० हजारले एक्स्पो अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले जनाएको छ ।

आयोजकका अनुसार शनिबार एकै दिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन् । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या डेढ हजार नाघेको छ । नाइमाले मेला अवधिभर डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरेको थियो । नाइमा अध्यक्ष रितुसिंह वैद्यले एक्स्पो अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । 

सुझावित समाचार