इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोल, रातामकै चोकमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले इमाडोलमा ग्राहकको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राखी सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको जनाएको छ । शाखाबाट भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मत–सम्भार सेवासमेत स्थानीय रूपमा उपलब्ध हुने बताइएको छ । शाखा सोमबारबाट औचारिक रूपमा सञ्चालनमा आउँदै छ ।
‘हामीले वर्षौँदेखि इमाडोलवासीसँग जोडिएर सेवा प्रदान गर्दै आएका छौँ,’ भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष सहिन श्रेष्ठले भने, ‘अब इमाडोलको सुविधासम्पन्न शाखाबाटै फिल्ड सपोर्ट तथा फाइबर मर्मत–सम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले यहाँका ग्राहकले पहिलेभन्दा अझ छिटो, प्रभावकारी र सहज सेवा प्राप्त गर्न सक्नेछन् ।’
आधुनिक र डिजिटल युगमा तीव्र गतिको इन्टरनेट मानव जीवनको एक अनिवार्य आवश्यकता बनिसकेको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनका लागि भरपर्दो इन्टरनेटको पहुँच अपरिहार्य छ । ग्राहकको यही दैनिक आवश्यकता र निर्भरतालाई ध्यानमा राख्दै भायानेटले निर्बाध र उच्चस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
इमाडोल तथा आसपासका क्षेत्रका ग्राहकले नयाँ इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, प्राविधिक तथा ग्राहक सहायतासम्बन्धी सम्पूर्ण सेवा अझ छिटो र सहज रूपमा प्राप्त गर्न सक्ने बताइएको छ । यस शाखाको स्थापनाले स्थानीयस्तरमा ग्राहक सेवाको पहुँचलाई अझ सुदृढ बनाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।