व्यक्तिको स्वार्थअनुकूल बिपीको व्याख्या गर्न दिनुहुँदैन : सभापति थापा

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले बिपी कोइरालालाई नेताहरूले आफूअनुकूल व्याख्या गर्न थालेको भन्दै असन्तुष्टि जनाएका छन्।

धर्म गौतमको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन गर्दै सभापति थापाले भने, ‘पछिल्लो समय हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँ चाहिन्छ, बिपी कोइरालालाई त्यहाँ प्रयोग गर्ने। बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले ब्यापक आइरहेको छ। नेताहरूले रातारात बिपीलाई सम्झनुभएको छ।’

आफ्नो विचार र योजना नहुनेहरूले बिपीको नीतिलाई आफूअनुकूल व्याख्या गर्ने गरेकाे उल्लेख गर्दै थापाले धर्म गौतमजस्ता व्यक्तिहरू त्यस्ता भ्रम चिर्न अघि सर्नुपर्ने बताए।

‘म यसो गर्छु भन्ने हिम्मत छैन। हिम्मत नभएपछि कसलाई सम्झनेभन्दा बिपीलाई। बिपी त आउनुहुन्न अब बुझाउन,’ उनले भने, ‘त्यसकारण यस्तो वेलामा धर्म गौतमहरू अगाडि आइदिनुपर्छ– तिमीहरूले भनेकोजस्तो बिपी होइन है, बिपी हामीले पनि बुझेको छौँ भनेर।’

सुझावित समाचार