सन् १९४६ : बेलायतले शासन छाडेपछि कलकत्तामा मुस्लिम र हिन्दुबिच धार्मिक दंगा सुरु । दंगामा झन्डै चार हजार मानिस मारिए भने एक लाख घरबारविहीन भए ।
सन् १८५८ : ब्रिटिस महारानी भिक्टोरियाले अमेरिकी राष्ट्रपति जेम्स बुचनानलाई पहिलोपटक आन्द्र महासागरपारि टेलिग्राफ सन्देश पठाइन् ।
सन् १९४५ : चीनका अन्तिम सम्राट् तथा जापानले दोस्रो विश्वयुद्धको समयमा चीनलाई विभाजित गरेर बनाएको राज्य ‘मन्चुको’का कठपुतली राजा पुयीलाई सोभियत फौजले पक्राउ गर्यो ।
सन् २००३ : क्रिस्टियानो रोनाल्डोले १८ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरे ।
सन् २०१२ : इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई राजनीतिक शरण दियो ।
सन् २०२२ : अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनविरुद्ध लड्न ल्याएको ३७० अर्ब डलरको ‘इन्फ्लेसन रिडक्सन एक्ट’लाई कानुनका रूपमा हस्ताक्षर गरे ।
सन् २०२३ : सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएकामध्ये सबैभन्दा लामो समय बाँचेका व्यक्तिको मृत्यु ।