अब अनलाइनबाटै स्वास्थ्य बिमामा आबद्धता र नवीकरण गर्न सकिने

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा अनलाइनमार्फत नयाँ आबद्धता, बिमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था सुरु गरेको छ।

बोर्डका अनुसार शुक्रबारदेखि लागू गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राहीले दर्ता सहयोगीको सहायता नलिई आफैँ अनलाइन फाराम भरेर स्वास्थ्य बिमासम्बन्धी सेवा लिन सक्नेछन्।

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार सुरु गरिएको प्रणालीबाट बिमामा नयाँ आबद्धता तथा नवीकरणका साथै सेवाग्राहीको केवाइसी विवरणसमेत अद्यावधिक गर्न सकिने बोर्डले जनाएको छ।

अनलाइन सेवाका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’मार्फत योगदान रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। व्यक्ति स्वयंले मात्र नभई दर्ता सहयोगीले समेत डिजिटल माध्यमबाट परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन तथा बिमालेख नवीकरण गर्न सक्नेछन्।

सुझावित समाचार