अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मिति २०८३ साल साउन ३० गते बिहान करिब ११:३० बजे लाछिमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालो सडकमा अचानक अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३, लाछिमानानिवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकामा उपचारकै क्रममा दिउँसो १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार