नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।
गत फागुनमा उपचारका लागि सिंगापुर गएका देउवा आज मध्याह्न साढे १२ बजे काठमाडाैं फर्किने कार्यक्रम रहेको छ। उनको आगमनलाई मध्यनजर गर्दै विमानस्थलको प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले यात्रु तथा आगन्तुकको आवतजावतमा निगरानी बढाएका छन्।