स्मार्ट सेलको उपकरण लिलामी प्रकरणमा २२ विरुद्ध मुद्दा दायर

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

स्मार्ट सेलको उपकरण लिलामी गरेर राज्यलाई ठगी गरेकोसम्बन्धी अपराधमा २२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार मुद्दा दायर गरेको हो। 

यसमा एनसेलका सञ्चालक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका सञ्चालक र सिइओ, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी तथा लिलामी प्रक्रियामा संलग्नविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध तीनवटा मुद्दा दायर भएको छ। ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर लगाइएको छ। 

लाइसेन्स खारेजसँगै सरकारको स्वामित्वमा आइसकेको स्मार्ट सेलको उपकरण मिलेमतोमा लिलाम गरेको अभियोग लगाइएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गरेको ६ महिना लामो अनुसन्धानका आधारमा मुद्दा दायर भएको हो। 

यस्तो छ अभियोग

सुझावित समाचार