बुधबार दिउँसो भेरी नदीमा जिप दुर्घटना हुँदा बेपत्ता भएका दुईजनाको पहिचान खुलेको छ। बेपत्ता हुनेमा जिपचालक दाङका २३ वर्षीय हेमराज बिसी र सल्यान सिद्ध कुमाख गाउँपालिका– ४ का २३ वर्षीय भीमबहादुर राना रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका– १, बांगिरहनजिकै लु १ ज ३०२२ नम्बरको डबल क्याप जिप भेरी नदीका खसेको थियो। बेपत्ताहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन्। घाइते दुवैजना भेरी नदीमा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए। उनीहरूको सल्लीबजारस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।