एनआइसी एसिया बैंकका ग्राहकले काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस एस्थेटिक अस्पतालबाट विभिन्न स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र हेल्दी च्वाइस एस्थेटिक अस्पतालबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराउने हेयर ट्रान्सप्लान्टेसन एन्ड रेस्टोरेसन, डर्माटोलोजी एन्ड स्किन ट्रिटमेन्ट तथा एस्थेटिक एन्ड बडी स्लिमिङअन्तर्गतका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, प्लास्टिक सर्जरीअन्तर्गतका सेवामा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ। औषधि, युएसजी, टिएमटी तथा इसिजीलगायतका सेवामा भने १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यो छुट सुविधा लिन ग्राहकले एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा (मो.बैंक), डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सम्बन्धित सेवा तथा भुक्तानी गर्नुपर्नेछ।
बैंकका अनुसार ग्राहकलाई विशेष छुट उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारमा समेत सहयोग पुर्याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको हो। बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई बढावा दिँदै ग्राहकलाई थप सुविधाजनक बैंकिङ तथा स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।