मेरो माइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ र सञ्चालकमा सुमन पोखरेल

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपालभूषण श्रेष्ठ चयन भएका छन्। संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपालभूषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि.का प्रतिनिधि)लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

नेपाल राष्ट्र बैंकबाट शपथग्रहण गरेपछि औपचारिक रूपमा उनले अध्यक्षको पदभार सम्हाल्नेछन्। त्यस्तै, संस्थाको सोही बैंठकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लि.ले सञ्चालक समितिको सदस्यको रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई प्रतिनिधित्व हुने गरी बैठकमा पठाएको संस्थाले जनाएको छ ।

सुझावित समाचार