मेटलाइफ नेपालले पोखरा महानगरपालिका– ९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ। यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बिमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
कार्यालय उद्घाटन समारोहमा नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो। नयाँ प्रदेश कार्यालयले गण्डकी प्रदेशका ग्राहकहरूलाई बिमासम्बन्धी परामर्श, पोलिसी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधाहरू आफ्नै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउनेछ। साथै, यसले बिमा अभिकर्ताहरू तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग प्रदान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य अझ सुदृढ हुने, बिमा अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने तथा प्रदेशभरका व्यावसायिक संस्था र विभिन्न निकायसँगको सहकार्य विस्तार हुने विश्वास कम्पनीले लिएको छ।