ताप्लेजुङको तोक्मेडाँडा पर्यटकीय क्षेत्र सरसफाइ

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडाआसपासका पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ।

सामुदायिक वन दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तोक्मेडाँडाको पोखरी क्षेत्रदेखि मुधिङ कोक्मापार्क जाने पदमार्गसहित तोक्मे सामुदायिक वनभित्र रहेका पर्यटकीय संरचनाको सरसफाइ गरिएको हो।

फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा आयोजक संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वन समूहका पदाधिकारी, सञ्चारकर्मी तथा समाजसेवीको सहभागिता रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए।

पर्यटकीय क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउँदै नियमित सरसफाइ अभियान सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हाम्बाङले बताए। सरसफाइसँगै वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने तथा स्थानीय समुदायमा वातावरण संरक्षण र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको उनले बताए।

सुझावित समाचार