सट्टेबाजीकाे आरोपमा एकजना पक्राउ, दुई करोड ७३ लाख बढीकाे काराेबार

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

दुई करोड ७३ लाखभन्दा बढी रकमको अवैध सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं– ११, भद्रकालीबाट बुढानीलकण्ठ नगरपालिका– १२ बस्ने ४१ वर्षीय प्रेम थापालाई पक्राउ गरेको हो।

उनको साथबाट बरामद चार थान मोबाइल र एक थान ल्यापटप नियन्त्रणमा लिई चेकजाँच गर्दा वान एक्स बेट, वान एक्स बेट पार्टनर्स र मोब–क्यास एप्लिकेसनबाट दुई करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ।

शुक्रबार अपराह्न साढे ५ बजेतिर पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार