०७६ असारबाट सुरु भएको चाैतारा मिनी रंगशालाकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ । प्रदेश सरकार अस्थिर रहँदा थुप्रै समस्या झेल्नुपरेकााले आठ वर्षमा निर्माणकार्य सम्पन्न हुन लागेकाे हाे । खेलका लागि पूर्ण रूपमा तयारी हुन अझै पुससम्म प्रतीक्षा गर्नुपर्नेछ ।
२० कराेड ९२ लाखमा ठेक्का सम्झाैता गरेकाे सुनकाेशी गिरी जेभी काठमाडौंले आउँदो पुस महिनामा निर्माण सम्पन्न गरेर बागमती सरकारलाई हस्तान्तरण गर्नेछ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आ.व. ०७५/७६ मा खेलकुद क्षेत्रमा एउटा नयाँ अवधारणा ल्यायो । त्याे थियाे- गौरीटारमा अन्तर्राष्ट्रियस्तरकाे बहुउद्देश्यीय रंगशाला र प्रदेशका प्रत्येक जिल्लामा मिनी रंगशाला बनाउने । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल त्यतिवेला सामाजिक विकासमन्त्री थिए । उनैले साे अवधारणा ल्याएका थिए ।
सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा एकैसाथ रंगशाला निर्माण सुरु भएकाे थियाे । प्रदेश राजधानी मकवानपुरको गौरीटारमा प्यारापिटसहितको फुटबल र क्रिकेट मैदान निर्माण सम्पन्न भइसकेको छ । सिन्धुली र नुवाकोटमा एक चरणको निर्माण सम्पन्न भएको छ । चौतारा रंगशाला आगामी पुसमा पूर्ण रूपले तयार हुनेछ । मन्त्री दुलालकै प्रस्तावमा सिन्धुपाल्चोककाे चाैतारामा मिनी रंगशाला बनाउने गरी प्रदेश सरकारले निर्णय गरेकाे थियाे ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत धुलिखेलमा रहेकाे सामाजिक विकास कार्यालयका प्राविधिक प्रमुख इन्जिनियर कुसुम भट्टराईले दिएको जानकारीअनुसार टुँडिखेलकाे दुवैपट्टि प्यारापिट तयार भएर रंगराेगनकाे काम भइरहेको छ ।
प्यारापिटमा पाँच हजार दर्शक अट्ने क्षमता छ । टुँडिखेलमा दुबाे लगाएर परीक्षण भइरहेको बताउँदै भट्टराईले भने, ‘टिकट काउण्टर घर, रंगरोगन र मसिना काम बाँकी छन् ।’ ९४ प्रतिशत भाैतिक र ८९ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले प्रस्ट्याए।
चाैतारा रंगशाला बागमती प्रदेशकाे गाैरवकाे आयाेजना हाे । सिन्धुपाल्चोक सदरमुकाम चाैताराकाे अग्लाे स्थानमा रहेकाे ऐतिहासिक टुँडिखेल र रंगले चिटिक्क परेका प्यारापिटमा बसेर आसपासका दृश्यसहित खेल हेर्दा दर्शकले भरपूर मजा लुट्न पाउनेछन् ।