करदाता प्रोत्साहन उपहार कार्यक्रममा खल्तीका प्रयोगकर्ता पनि सहभागी हुने

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३’ मा अब आइएमई खल्ती लिमिटेड (खल्ती)का प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने भएका छन् ।

खल्तीले आफ्ना प्रयोगकर्ताका लागि उक्त कार्यक्रममा सहभागिताको व्यवस्था मिलाएको जनाएको छ । यसअनुसार खल्तीमार्फत एक सयभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन् ।

कम्पनीकाका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लाटफर्ममा पुग्नेछ । साथै, उपहार कुपन स्वतः सिर्जना हुने र प्रयोगकर्ताले त्यसलाई खल्ती एपमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ । सरकारले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउने जनाएको छ । खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न माध्यमबाट जानकारी उपलब्ध गराउने बताइएको छ ।

सरकारको यस पहलले बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्न, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्न तथा कारोबारको अभिलेखीकरणलाई सहज बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसबाट औपचारिक अर्थतन्त्रको विस्तार र राष्ट्रिय राजस्व प्रणाली सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । 

See More On

सुझावित समाचार