खोटाङबाट एक हजार ३१५ किलो गाँजासहित ट्रक नियन्त्रणमा

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

खोटाङ प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७, वालिङस्थित मध्यपहाडी लोकमार्गबाट एक हजार ३१५ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

शुक्रबार मध्याह्न साढे १२ बजेतिर वालिङस्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट सो परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

चालक बस्ने भाग र पछाडि डालाको बिचको भागमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा गाँजासहितको ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त ट्रकको चालक र धनीको खोजीसहित थप अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार