रास्वपा सांसद रमेश प्रसाईंले प्रधानमन्त्री र मन्त्रिक्वार्टरमा ग्यासकाे अभाव छ कि छैन ? भनेर प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘चुनावताका सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा र आज जनता भात पकाउने ग्यासका लागि दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ।’
उनले नयाँ सरकार भनेको ‘चिल्ला ह्यान्सम नयाँ अनुहार होइन, नयाँ चरित्र खोजेको हो’ भन्दै व्यवहारबाट पुष्टि हुनुपर्नेमा जोड दिए ।
उनले ग्यास ह्वारह्वार्ती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारीलाई कठोर दण्ड दिन दुईतिहाइको सरकारलाई केले रोकेकाे भनेर प्रश्न गरे।