महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष र डे केयर सञ्चालन

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा  शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ।

स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले  शिशु स्याहार कक्ष तथा डे केयरको स्थापना गरिएको बैंकले जनाएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबिच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेकी हुन्। महालक्ष्मी विकास बैंकले समावेशिता र लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

सुझावित समाचार