सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिषगोविन्द अमात्य नियुक्त भएका छन्।
नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
शपथग्रहणसँगै उनले केन्द्रको निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।