ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले एक अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०५.७५० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ।

अघिल्लो आर्थिक वर्ष ८७ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्ष ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ।

सुझावित समाचार