एलपी ग्यास नपाए वा कालोबजारी देखिए तुरुन्त ९८५१११६७७३ मा सम्पर्क गर्न आग्रह

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।

सचिवालयले सार्वजनिक सूचना जारी गर्दै एलपी ग्यास प्राप्त गर्न कठिनाइ भएको, कृत्रिम अभाव सिर्जना गरिएको वा कालोबजारी भएको पाइएमा ९८५१११६७७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो।

सचिवालयका अनुसार उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल आवश्यक पहल गरिनेछ।

सरकारले बजारमा देखिएका अनियमितता तथा ग्यास आपूर्तिसम्बन्धी कुनै पनि समस्या भए निर्धक्क भएर जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ।

सुझावित समाचार