सुनको मूल्य एकै दिन तोलामा आठ हजार रुपैयाँले बढ्यो

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य एकै दिन तोलामा आठ हजार रुपैयाँले वृद्धि हुँदै २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर चार हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुझावित समाचार