युवालाई आत्मनिर्भर बनाउन ‘एलजी सिपशाला’ सञ्चालन

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

नेपाली युवालाई प्राविधिक तथा व्यावसायिक सिप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच काठमाडौंमा सुरु भएको छ ।

चौधरी फाउन्डेसन र एलजी इलेक्ट्रोनिक्सको संयुक्त पहलमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको उद्देश्य युवालाई बजारको मागअनुसारका व्यावसायिक तथा प्राविधिक सिप प्रदान गरी समाजमा योगदान पुर्याउनु रहेको छ । यस कार्यक्रमले रोजगारीका अवसर बढाउनुका साथै दिगो जीविकोपार्जनको आधार तय गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ । 

सन् २०२४ मा सुरु भएको यस अभियानअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याच सम्पन्न भइसकेका छन् । पोलिटेक्निक, इलेक्ट्रिकल र मेकानिकल विधामा केन्द्रित यस तालिममार्फत हालसम्म ३३२ जना युवाले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् भने हाल सुरु भएको १६औँ ब्याचमा १८ जना सहभागी छन् । 

प्रशिक्षणको शुभारम्भका अवसरमा एलजी इलेक्ट्रोनिक्स सिंगापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड संघो चुन र चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले प्रशिक्षण सत्रको अवलोकन गरेका थिए । 

फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले व्यावहारिक सिपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानी भएको बताए । 

See More On

सुझावित समाचार