नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले बालेन सरकारप्रति जनतामा पश्चाताप सुरु हुन थालेको दाबी गरेका छन्। बुधबार एक कार्यक्रममा विप्लवले बालेन सरकारप्रति जनताका धारणा उल्टिन थालेको जिकिर गरेका हुन्।
जेन-जी विद्रोहको सबैले स्वागत गरेको उल्लेख गर्दै उनले भने, ‘यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेन-जीका भावना र जनताका आकांक्षाअनुरूप काम गर्छ होला भन्ने हाम्रो कुरा थियो। तर, यो पाँच महिनाको सरकारको चालाढाला हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ।’
विद्रोहको भावमा भएको चुनावबाट आएको सरकार जनतामा गरेको प्रतिबद्धताअनुसार चल्न नसकेको आरोप लगाउँदै विप्लवले सरकारका कारण जनताका अपेक्षाहरू फेरि चकनाचुर हुन थालेको टिप्पणी गरे।