भेटेरिनरी अस्पताल राजविराजका प्रमुख र सवारीचालकविरुद्ध भ्रष्टाचार मुद्दा, भ्याक्सिनेटरसँग कमिसन लिएको आरोप

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

सप्तरीको राजविराज नगरपालिका– ३ स्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका कार्यालय प्रमुख र सवारीचालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भ्याक्सिनेटरहरूबाट कमिसनस्वरूप घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ तह) डा. रामपवित्र दास र हलुका सवारीचालक भोगेन्द्र यादवविरुद्ध बुधबार मुद्दा दर्ता गराएको हो।

उनीहरूले कृषकका पशु चौपायाहरूमा खोप कार्यक्रम सम्पन्न गरेबापत भ्याक्सिनेटरहरूले पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी गर्दा २० प्रतिशत कमिसन माग गरेको अभियोगपत्रमा उल्लेख छ। उनीहरूले भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम बार्गेनिङ गरी कुल एक लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ।

सुझावित समाचार