चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बुधबार बिहान पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरका अनुसार बिहान यस सडकखण्डमा माथिबाट पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोसहितको पहिरो हटाएपछि अहिले सडक सञ्चालनमा आएको छ ।
पहिरो हटाउन सडक डिभिजनको डोजर तथा आवश्यक उपकरण तत्काल पहिराे गएकाे स्थानमा परिचालन गरिएको थियो । सडक डिभिजनले मुग्लिन–नारायणगढ सडक प्रयोग गर्ने यात्रु तथा सवारीचालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।