विश्वकर्मा समाज नेपाल, युएईको अध्यक्षमा पुनः दुर्गाबहादुर सुनार

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

विश्वकर्मा समाज नेपाल, युएईको चौथो केन्द्रीय अधिवेशनले दुर्गाबहादुर सुनारलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।

अगस्त २ मा दुबईस्थित याक एन्ड यती क्लब एभरेस्टको हलमा आयोजित उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्ष गामबहादुर विक, उपाध्यक्ष बाबुराम सुनार, महिला उपाध्यक्ष सुमित्रा गहतराज, उपाध्यक्ष शंकर बराल, उपाध्यक्ष  मनबहादुर सुनार, उपाध्यक्ष हुमराज विक, महासचिव किरण विश्वकर्मा, कोषाध्यक्ष  हिरालाल सुनार विश्वकर्मा, सचिव श्यामकुमार विश्वकर्मा, सचिव  सुरज बिसी, सचिव रामबहादुर सुनार (संगम), सचिव अमृत विक, सहकोषाध्यक्ष रामबहादुर सुनार, सहकोषाध्यक्ष प्रवीन बराइली, प्रवक्ता दुजमान सुनार महिला संयोजक सुष्मा सुनार, प्रशिक्षक तथा परामर्श संयोजक चन्द्र विक र सांस्कृतिक संयोजक  नारायण सुनारलाई चयन गरेको छ । 

त्यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः  दीपक सुनार, मिलन विक, दिनेश सुनार, सुनिता विक, पञ्चराम विक, बाबुराम विक, निर्मला विक, गोकर्ण सुनार, गोविन्द तिरुवा, धनराज विक र कल्पना सुनारलाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं रहेका थिए भने युएईमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्मा तथा निर्वाचन समिति सदस्यहरू रत्न विक र शंकर सुनारले नयाँ कार्यसमिति घोषणा गरेका थिए । नयाँ निर्वाचित कार्यसमितिलाई ओहोदाको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सुरज बिसी र सुष्मा सुनारले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।
 

सुझावित समाचार