काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘सेफ्टी पिन अपरेसन’अन्तर्गत एक सातामा ६१ जनालाई पक्राउ गरेको छ। साउन ११ गतेदेखि १७ गतेसम्मको अवधिमा ६१ जना पक्राउ परेका प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार अश्लिल हर्कत गरेको आरोपमा ११ जना, अपशब्द तथा गाली गलौज आरोपमा सातजना र पाकेटमारी तथा अन्य आरोपमा ४३ जना पक्राउ परेका छन्।
सार्वजनिक सवारीसाधन तथा भिडभाड हुने स्थानहरूमा हुने अपराधका घटना रोक्न प्रहरीले यो विशेष अभियान चलाउँदै आएको छ। प्रहरीले सादा पोसाकमा टोली परिचालन गरी बढी भिड हुने सार्वजनिक स्थानहरूमा सूक्ष्म निगरानी बढाएको छ।