दुर्गा प्रसाईंको पक्राउप्रति धवलशमशेर राणाको आपत्ति, तत्काल रिहाइको माग

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भई नयाँ राजनीतिक दल दर्ताको तयारीमा रहेका नेता डा. धवलशमशेर राणाले राष्ट्रवादी अभियानमा सक्रिय दुर्गा प्रसाईंको पक्राउप्रति आपत्ति जनाएका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन्।

प्रसाईंलाई आइतबार राति प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो।

राणाले विज्ञप्तिमार्फत संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा प्रसाईंलाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा आलोचना, फरक मत र स्वतन्त्र अभिव्यक्ति आधारभूत अधिकार भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रूपमा स्थापित मानव अधिकार तथा संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई पक्राउ गर्नु निन्दनीय छ।’

सुझावित समाचार