बुमराह श्रीलंकाविरुद्धको टेस्टबाट बाहिरिए

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंका टेस्टबाट बाहिरिएका छन् । भारतले अर्काे साता श्रीलंकाविरुद्ध दुई टेस्ट खेल्दै छ । कोलम्बो र गालेमा हुने टेस्टमा बुमराह उपलब्ध नहुँदा भारतलाई ठुलो झट्का लागेको छ । ३२ वर्षीय बुमराहले बायाँ खुट्टाको घुँडामा चोट बोकेका छन् ।

बिसिसिआईको बेंग्लोरमा रहेको सेन्टर अफ एक्सिलेन्समा उनको रिह्याब चलिरहेको छ । उनलाई मेडिकल टिमले तत्काल मैदानमा नजान सुझाव दिएको छ । उनी इंग्ल्यान्डविरुद्धको एकदिवसीय खेलमा घाइते भएका थिए । बुमराहले करिअरमा श्रीलंकाविरुद्ध खेलेका दुई टेस्टमा १० विकेट लिएका छन् । एकै इनिङ्समा उनले पाँच विकेट हात पारेका थिए । बुमराहले टेस्ट करिअरमा २३४ विकेट लिएका छन् । 

श्रीलंकाले अहिलेसम्म भारतविरुद्ध घरेलु मैदानमा १७ टेस्ट सिरिज खेलेको छ । जसमा भारतले १० र श्रीलंकाले ३ टेस्ट जितको छ । चार टेस्ट बराबरीमा टुंगिएको थियो । भारतले पछिल्लो ६ सिरिजमा जित निकालेको छ । सन् २००८ मा श्रीलंकाले अन्तिमपटक भारतलाई हराएको थियो ।

सुझावित समाचार