राहदानीको बढ्दो मागसँगै राहदानी विभागले बिहीबार (साउन १४)देखि नै आगामी साउन २२ गतेसम्म दैनिक एक हजार पाँच सयका दरले आवेदन फाराम एकैपटक खुला गरेको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै राहदानीको बढ्दो मागलाई मध्यनजर गर्दै साउन २२ गतेसम्म दैनिक एक हजार पाँच सयको संख्यामा आवेदन फाराम खुलाइएको जानकारी दिएको हो ।
विभागका अनुसार सेवाग्राहीले भरेको आवेदन फारामको तल्लो भागको दायाँपट्टि फाराम रुजु गराउने मिति र समय उल्लेख गरिएको हुन्छ । विभागले सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।
निर्धारित मिति र समयअनुसार विभागमा उपस्थित हुँदा सेवाप्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागले जनाएको छ ।