सद्भाव बढाउन समन्वयकारी भूमिका निर्वाह गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सद्भाव अभिवृद्धि र सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा पार्टीको कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।

प्रभावित जिल्लाहरूमा सद्भाव अभिवृद्धि र सहिष्णुता प्रवर्द्धनका लागि सांसदहरू भोलि शुक्रबार नै आआफ्नो क्षेत्रमा जाने बताइएको छ।

सुझावित समाचार