दाङमा ६ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा १३ वर्षीय बालकविरुद्ध मुद्दा दायर

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

दाङको घोराहीमा एक ६ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ती बालकलाई अभियोगपत्र दर्ता गरेको हो ।

गएको असार ३२ गते दिउँसो करिब १२ बजेतिर उक्त घटना भएको हो। पीडित बालिका र आरोपित बालक छिमेकी हुन्। पीडितका अभिभावकले दिएको जाहेरीअनुसार बालिकालाई ललाइफलाई घरमा कोही नभएको मौका छोपी कोठामा लगेर जबर्जस्ती करणी गरिएको मुद्दामा उल्लेख छ।

स्वास्थ्य परीक्षण र प्रमाण पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनको यौनांगमा चोट र रातोपना देखिएको छ । साथै, घटनास्थलको मुचुल्का र संकलित प्रमाणहरूले समेत घटनाको पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ ।

पीडित बालिका १० वर्षभन्दा कम उमेरकी भएकाले उक्त संहिताको दफा २१९ (३) को खण्ड (क) बमोजिमको सजाय हुनुपर्ने माग गरिएको छ । यद्यपि, आरोपित व्यक्ति बालक १८ वर्षमुनि भएकाले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ बमोजिम सजायमा छुट दिई कानुनबमोजिमको बाल सुधारगृहमा राख्ने वा अन्य उचित आदेशका लागि मागदाबी गरिएको छ । 

सुझावित समाचार