ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा विवेकराज कँडेल नियुक्त

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विवेकराज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी पहिलो सल्लाहकार (अवैतनिक) नियुक्त गरेको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत कँडेललाई ऊर्जा परिवारमा स्वागत गर्दै उनकाे विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन र क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई थप सक्षम, प्रतिस्पर्धी र भविष्यउन्मुख बनाउन कँडेलको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

कँडेलको नियुक्तिसँगै नेपालले ऊर्जा व्यापार, पूर्वाधार विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको मन्त्रालयको भनाइ छ।

सुझावित समाचार