पुष्पसदनसँग नेसनल पराजित

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

पुष्पसदनले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा सोमबार लालीगुराँस नेसनल एकेडेमीलाई ७४–७० ले पराजित गरेको छ । पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्टस् नेपालको समन्वयमा भएको प्रतियोगतामा गोल्डेनगेटले मिश्रित नतिजा निकाल्यो ।

गोल्डेनगेट ‘ए’ ले ओमेगालाई ६३–५९ ले हरायो । केभिसीले गोल्डेनगेट ‘बी’लाई ६१–५५ ले पाखा लगायो । प्रतियोगिताको आयोजक हबका पूर्वअध्यक्ष एवं कन्सुलर फुर्साङ छिरिङ दोङले एक कार्यक्रमबिच उद्घाटन गरे ।

विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन् । ‘म्यान अफ दी म्याच’, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट डिफेन्सिभ र ओफेन्सिभ खेलाडी तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ । 

सुझावित समाचार