गृह मन्त्रालयले कोशी प्रदेशको प्रहरी प्रमुखमा डिआइजी शेखर खनाललाई खटाएको छ। कोशीमा कार्यरत विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरी कोशीको जिम्मेवारीमा खनाललाई खटाइएको हो।
खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। दुई साताअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहले उनको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको थियो। सरकारको निर्देशनमा अख्तियारमा कार्यरत डिआइजीलगायत सिनियर प्रहरी अधिकृतको एक्कासि सरुवा भएको थियो। संवेदनशील अवस्थामा कोशीमा खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
कोशीमा शान्तिसुरक्षाको अवस्था बिग्रिएपछि प्रदेशका डिआइजी तथा जिल्लाका सिडिओ तथा एसपीहरूको जिम्मेवारी हेरफेर भएको हो।