बागमतीमा एमालेको नेतृत्व सुनिश्चित, तर मुख्यमन्त्री को ?

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृहकार्य सुरु गरेका छन् । दुवै पार्टीले आ–आफ्नो दलमा तीनबुँदे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढाउने गृहकार्य थालेका हुन् । 

पाँच प्रदेशमध्ये एमालेले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी छ । जसअनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमालेले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकारबाहिरै छ । 

बागमतीमा मुख्यमन्त्रीका लागि एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वमन्त्रीद्वय किरण थापा र केशवप्रसाद पोखरेलको दाबेदारी छ । आर्थिक मामिला तथा योजनामन्त्री रहिसकेका थपलिया आफू दलको नेता भएकाले मुख्यमन्त्री बन्न पाउनुपर्ने मत पार्टीमा राखिरहेका छन् ।

पार्टी अध्यक्ष केपी ओली र सचिव महेश बस्नेतनिकट नेताका रूपमा चिनिने थापाले भने पार्टी नेतृत्वले गर्ने निर्णय स्वीकार गर्ने बताए । काठमाडौं ९ को (ख)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित पूर्वमन्त्री पोखरेलले पार्टीमा लामो योगदान र दुईपटक चुनाव जितेको अनुभवलाई आधार बनाउँदै दाबी पेस गरेका छन् ।

सुझावित समाचार