बर्दियामा नुहाउने क्रममा कुलोको इन्टेकमा टाउको अड्किँदा एक बालकको मृत्यु भएको छ। राजापुर नगरपालिका–५, चितैनपुरका १५ वर्षीय पूजन परियारको मृत्यु भएको हो।
आइतबार दिउँसो राजापुर नगरपालिका–५ स्थित मैला कुलोमा नुहाउने क्रममा इन्टेकमा टाउको अड्किएपछि परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल, गुलरियामा राखिएको प्रहरीले जनाएको छ।