ज्योति विकास बैंकको १८औँ वार्षिकोत्सव सम्पन्न

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले विभिन्न सामाजिक कार्य तथा विशेष समारोहबिच आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ। केन्द्रीय कार्यालयपरिसरमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा भूतपूर्व अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरूको उपस्थिति थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीसँग ४० जना विपन्न व्यक्तिको निःशुल्क आँखा शल्यक्रिया गराउने र राष्ट्रिय आविष्कार केन्द्रको साझेदारीमा दुर्गमका स्वास्थ्य संस्थामा १० वटा ‘बेबी वार्मर’ उपकरण जडान गर्ने सम्झौता गरेको छ।

साथै, वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् भने कर्मचारीहका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।

सोही अवसरमा आन्तरिक प्रतिभा प्रवर्द्धनका लागि ‘ज्योतिज् गट ट्यालेन्ट’को तेस्रो संस्करण आयोजना गरी उत्कृष्ट सहभागीहरूलाई पुरस्कृत गरिनुका साथै १० र १५ वर्ष निरन्तर सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकको सफलतामा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थागत सुशासन र दिगो विकासका लागि प्रतिबद्ध रहने अठोट व्यक्त गरे।

सुझावित समाचार