बजेटका आठ कार्यक्रम कार्यान्वयन गर्न उद्योग मन्त्रालय सक्रिय

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयअन्तर्गतका कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाइएको आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताएकी छिन् ।

अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतका आठवटा बजेटका कार्यक्रम कार्यान्वयनका लागि सक्रियता बढाएको उनले जानकारी दिएकी हुन् ।

अर्थमन्त्री  स्वर्णिम वाग्लेको उपस्थितिमा भएको छलफलमा मन्त्री यादवले उद्योग मन्त्रालयको क्षेत्राधिकारमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाउन लागेको जानकारी गराएकी हुन् । उद्योग मन्त्रालयसँग सम्बन्धित आठवटा सुधारका कार्यक्रम रहेको उल्लेख गर्दै केही कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको र बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाउने बताएकी थिइन् । 

मन्त्री यादवले बजेटमा घोषणा गरिएका सुधारका योजना सफल बनाउन अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र आपसी समन्वय आवश्यक रहेको पनि बताएकी थिइन् । ‘मन्त्रालयको जिम्मेवारीभित्र पर्ने कामलाई समयमै सम्पन्न गर्न दुवै मन्त्रालयबिच निरन्तर सहकार्य हुनुपर्छ,’ उनले भनिन् ।

See More On

सुझावित समाचार