घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

बाजुराकाे बडिमालिका नगरपालिका– ९, सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।

शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।

प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ।

पहिरोका कारण बडिमालिका नगरपालिका– ८, राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ ।

पहिरोले दुई सय एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहरसमेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको छ
 

See More On

सुझावित समाचार