कुमुदिनी होम्समा नेदरल्यान्ड्सका विद्यार्थीलाई स्वागत

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

पोखरास्थित कुमुदिनी होम्स माविमा नेदरल्यान्ड्सबाट आएका विद्यार्थीको टोलीले अवलोकन भ्रमण गरेको छ । भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा विशेष चासो व्यक्त गरेका छन् । 

सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ‘सिआइओएस नेदरल्यान्ड्स’का नृत्य शिक्षक मारियल इगेन, जिल भुट्स र कक्षा ११ तथा १२ का ९ जना विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गरेका हुन् । 

अध्यक्ष पालिखेले नेदरल्यान्ड्सको टोली दोस्रोपटक विद्यालयको अवलोकन भ्रमणमा आएको जानकारी दिँदै नेपालको कला, संस्कृति, पर्यटन र विद्यालयले अवलम्बन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पठन संस्कृतिका बारेमा जानकारी गराएका थिए । विद्यालयमा व्यवस्थापन, होटेल व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुनुका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन भइरहेको उनको भनाइ छ । 

सुझावित समाचार