व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ परेका व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना मुद्दा दायर भएकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार प्रहरीले पक्राउ गरेको थियो।

जगदम्बा स्टिल प्रालिको नाममा कम्पनी सञ्चालनका लागि एनआइएमबीको अगुवाइमा सहवित्तीयकरण बैंकहरूबाट प्राप्त गरेको चालू पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी भट्टको एकल स्वामित्व रहेको इनफिनिटी होल्डिङ प्रालिमा सेयर लगानी गरी बैंकिङ कर्जाको दुरुपयोग गरेको देखिएको आदेशमा उल्लेख छ।

सुझावित समाचार